नेपाली English

  

सूचना





सूचना र कागजपत्र
   
   
DAP-KPN-76-73/74 को आपुर्ती र ढुवानी
   
UREA-KPN-77-73/74 को आपुर्ती र ढुवानी
   
DAP-KPN-78-73/74 को आपुर्ती र ढुवानी
   
नेपालमा उत्पादित “प्राङ्गारिक धुलो मल”-01-073/74 खरिदको बोलपत्र फाराम
   
नेपालमा उत्पादित “भर्मिकम्पोष्ट मल”-02-073/74 खरिदको बोलपत्र फाराम
   
नेपालमा उत्पादित “प्राङ्गारिक दानादार मल”-03-073/74 खरिदको बोलपत्र फाराम
   
प्रवन्धपत्र र नियमावली
   
 
   

 
कृषि सामग्री कम्पनी लिमिटेड
नेपाल एउटा कृषि प्रधान देश हो । आय आर्जन र रोजगारीको लागि कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो र राष्ट्रिय GDP को करिब ३२ % यस क्षेत्रबाटै उठ्ने गरेको छ । कूल जन संख्याको करिब ७५ % जनसंख्याको जीवनयापन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापबाटै हुने गरेको छ । उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, वीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको लागि सार्वजनिक क्षेत्रको संस्थाको रुपमा वि.सं. २०२२ मा कृषि सामग्री संस्थानको स्थापना भएको थियो । शुरुमा कृषि सप्लाई संस्थानको रुपमा परिचित यस संस्थालाई पछि खाद्य व्यवस्था समितिमा गाभेर कृषि खरिद विक्री संस्थानको नाम दिइयो । दुई वर्षसम्म यो संस्थाले कृषि सामग्री र खाद्यान्न दुवै वस्तुको कारोवार गर्‍यो । पछि वि.सं. २०३१ मा सरकारले यस संस्थालाई विभाजन गरेर कृषि सामग्रीहरुको व्यवस्थापन गर्न कृषि सामग्री संस्थान र खाद्यान्नको कारोवार गर्न नेपाल खाद्य संस्थान दुई वटा वेग्ला वेग्लै संस्थान खडा गरिए । वि.सं. २०५९।१।२५ मा सरकारले कृषि सामग्री संस्थानलाई कम्पनी ऐन वि.सं. २०५३ अन्तर्गत सरकारको पूर्ण स्वामित्व रहने गरी कृषि सामग्री कम्पनी र राष्ट्रिय वीउ विजन कम्पनीमा रुपान्तरण गर्‍यो । कृषि सामग्री कम्पनीलाई रसायनिक मल खरिद गरी राष्ट्रभर विक्री वितरण गर्ने जिम्मा दिइयो । नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकोले यसले सम्पूर्ण मल आपूर्ति,आयात गरेरै पूरा गर्ने गरेको छ । हाल कृषि सामग्री कम्पनी लि.को पूर्ण स्वामित्व नेपाल सरकारमा रहेको भएतापनि निकट भविष्यमै नीजि तथा सहकारी क्षेत्रलाई समेत सहभागी गराएर यसलाई संचालन गर्ने मनसाय सरकारले राखेको छ । ...[Read More]